Comments Add Comment

सरकार छाड्नेबारे महराको बोली लक्पकायो ! संसद नै नभएपछि केको समर्थन ?


३१ असोज, काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले मंगलबार अपरान्ह परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मलेनको आयोजना गरे । सरकारबाट बाहिरिनका लागि पत्रकार सम्मलेन आयोजना गरिएको सञ्चारकर्मीको अनुमान थियो ।

तर, महराले पत्रकार सम्मलेनमा देउवा सरकारलाई आफ्नो पार्टीको समर्थन यथावतै रहेको बताए । संसद नै नभएको अवस्थामा सरकारलाई समर्थन गर्नु र नगर्नुको कुनै अर्थ थिएन । तर, महराले प्रधानमन्त्री देउवाको कदमको कुनै आलोचना गरेनन् । बरु सन्दर्भहीन रुपमा पत्रकार सम्मेलनमा भने- सरकालाई हाम्रो समर्थन कायमै रहन्छ ।

सरकार छाड्ने वा नछाड्ने भन्नेमा महराको बोली लक्पकाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालय पनि अल्मलियो । प्रधानमन्त्रीनिकट स्रोतले उल्टै सञ्चारकर्मीलाई सोधे- माओवादी सरकारबाट बाहिरिएको हो कि हैन ?

सरकारबाट बाहिरिनेबारे महराले स्पष्ट बताउन नसके पनि मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटपछि माओवादी अध्यक्ष प्रचण्ड आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णयमा पुगेका छन् । माओवादी केन्द्रले आजै आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने उच्च स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment