Comments Add Comment

लिसेस्टरका प्रशिक्षक शेक्सपियर बर्खास्त

१ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिगको पूर्व च्याम्पियन लिसेस्टर सिटीले आफ्ना प्रशिक्षक क्रिग शेक्सपियरलाई अनुबन्ध गरेको ४ महिनापछि बर्खास्त गरेको छ । शेक्सपियरले चार महिनाअघि क्लवसँग तीन वर्षको स्थायी सम्झौता गरेका थिए ।

लिसेस्टर पि्रमियर लिगमा पुछारबाट तेस्रो स्थानमा छ र पछिल्ला ६ प्रिमियर लिग खेल जित्न सकेको छैन ।

५३ वर्षीय शेक्सपियरले क्लवका सफल प्रशिक्षक क्लाउडियो रिनेरीलाई प्रतिस्थापन गरेका थिए । शेक्सपियरको स्थानमा माइकल एप्लेटोनलाई क्लवको अन्तरिक प्रशिक्षक तोकिएको छ ।

लिसेस्टरले प्रिमियर लिगको अर्को खेल आगामी शनिबार स्वान्सी सिटीसँग खेल्नेछ ।

शेक्सपियरले गएको सिजन आफ्ना १६ खेलमा ८ खेल जिताएका थिए भने लिसेस्टरलाई च्याम्पियन्स लिगको क्वार्टरफाइनलसम्म पुर्‍याएका थिए ।

लिसेस्टरलाई कठिन परिस्थितिबाट माथि उठाएर १२औं स्थानमा ल्याउन सफल शेक्सपियरले त्यसपछि क्लवसँग स्थायी सम्झौता गरेका थिए । सोमबार वेष्ट ब्रुमसँगको बराबरीनै उनको लिसेस्टरका लागि अन्तिम खेल भयो ।

लिसेस्टरलाई ऐतिहासिक रुपमा प्रिमियर लिगको उपाधि दिलाएको ९ महिनापछि लगातार ६ खेलमा पराजित भएपछि क्लाउडियो रिनेरी पनि यसैगरी बर्खास्तीमा परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment