Comments Add Comment

श्रीमतीसँग भिडियो कल गरेको पाँच मिनेटमै मृत्यु

२२ अक्टोबर, मलेसिया । मलेसियामा आइतबार विहान करिव साढे ८ बजेतिर एक नेपालीको मृत्यु भएको छ ।

तेह्रथुम जन्म घर भएपनि मोरङमा बस्दै आएका चन्द्रबहादुर लिम्वुको मृत्यु भएको हो ।

केही दिनदेखि बिरामी रहेका चन्द्रलाई दुई दिनसम्म अस्पतालमा भर्ना गरिएकोमा शुक्रवार मात्र डिस्चार्ज भएर होस्टेलमा फर्किएका थिए ।

आइतबार विहान आफैले जाउलो बनाएर खाएर नेपालमा श्रीमतीलाई भिडियो कल गरेर सोमबार काठमाडौं लिन आउनू भन्दै कुराकानी गरेका थिए ।

कुराकानी नटुङ्गिदै कल काटिएपछि पुन: श्रीमतीको भिडियो कल आइरहँदा उनले मुखबाट फिज निकालिसकेका थिए ।

के भयो, के भयो भन्दाभन्दै उनको मुत्यु भइसकेको सोही कम्पनीमा कार्यरत गंगाराम जैसीले बताए ।

शवलाई पोस्टमार्टको लागि स्थानीय केलांग अस्पतालमा लगिएको छ । सेक्यूरिटी कम्पनीमा कार्यरत लिम्वु करिव ४४ वर्षका हुन् ।

परिवारलाई खबर कसरी गर्ने र के भनेर यस्तो खबर दिने भनेर उनका साथीहरु निकै अन्योलमा परिरहेका छन् ।

सोही कम्पनीमा कार्यरत अर्का एक नेपालीको पनि तीन हप्ता अगाडि मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment