Comments Add Comment

पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु

६ कात्तिक, काठमाडौँ । मनमती खोलामा डुबेर सोमबार एक जनाको मृत्यु भएको छ ।

खोटाङ हलेसी घर भई हाल नागार्जुन नगरपालिका–८ बस्ने उमा राईको ८ वर्षीय छोरा विवेक राईको मृत्यु भएको हो ।

खोलामा पौडी खेल्ने क्रममा पानी निलेपछि राईलाई उपचारका लागि स्वयम्भूस्थित मनमोहन अस्पताल लगिएकामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment