Comments Add Comment

‘इन्टु मिन्टु लण्डनमा’को छायांकन नहुँदा साम्राज्ञीलाई घाटै घाटा


नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले अहिलेसम्म चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को छायांकन सकिसकेकी हुन्थिन् । तर, उनलाई यूकेले भिसा नदिदा उनी त्यता जान पाइनन् । जसकाकारण, चलचित्रको छायांकन लण्डनमा हुने सकेन । चलचित्रको छायांकन हुन नसक्दा निर्माण यूनिटलाई त घाटा लाग्ने नै भयो, साम्राज्ञीलाई पनि घाटा लागेको छ ।

उनी, अहिले आफू अभिनित चलचित्र ‘तिमी सँग’को छायांकनका लागि काठमाण्डौ बाहिर छिन् । उनले, सामाजिक संजालमा लोकेशन खुलाउन नसक्ने भन्दै हिउँमा रमाएको तस्बिर पोष्ट गरेकी छिन् ।

यो चलचित्रको छायांकन नहुँदा साम्राज्ञीले केही प्रोजेक्ट छाड्नु परेको छ । बेलायतको भिसाका लागि उनले केही महिना पर्खिएकी थिइन् । सो समयमा उनले केही चलचित्र र केही विज्ञापनको अफर अस्विकार गर्नुपरेको थियो ।

तर, करिब ३ महिनापछि मात्र उनले भिसा नपाएको खबर आएको थियो । जसलेगर्दा, साम्राज्ञीलाई घाटा लागेको छ । अब, कुनै चलचित्रको छायांकन विदेशमा गर्नुपरेमा पहिले कलाकारको भिसा लगाएर मात्र घोषणा गर्नुपर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment