+
+

जनशक्ति नेपाल पार्टी राजपामा समाहित

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक ९ गते १५:०५

९ कात्तिक, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालमा जनशक्ति नेपाल पार्टी समाहित भएको छ ।

बिहीबार पार्टीको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रिय जनता पार्टीका संयोजक महन्थ ठाकुर र जनशक्तिका नेपाल पार्टीका अध्यक्ष रामकुमार ओझाले पार्टी एकीकरण भएको घोषणा गरेका हुन् ।

उनीहरुले ५ बुँदे सम्झौता-पत्र पनि सार्वजनिक गरेका छन् । सम्झौता अनुसार एकीकरणपछि झण्डा र अन्य विवरण राजपाको विधान अनुसार नै हुनेछ ।

साथै, जनशक्तिका अध्यक्ष रामकुमार ओझालाई राजपाको वरिष्ठ उपाध्यक्ष बनाइएको छ । ओझालाई प्रतिनिधि सभाको समानुपातिकतर्फको बन्दसूचिमा समेत राखिएको सम्झौता-पत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?