+
+

प्रदेश २ मा राजपा-फोरमको २४ सिट दाबी कायमै

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक ९ गते १५:२१

९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय जनता पार्टी र संघीय फोरमसँग चुनावी तालमेलका लागि छलफल सुरु गरेको छ ।

तर, कुनै सहमति भएको छैन । बिहीबार कार्यदलमा रहेका तीन दलका नेताहरुले बैठक बसेपनि ठोस सहमति भएन ।

राजपा संयोजक महन्थ ठाकुरले कांग्रेससँग तालमेलका लागि प्रदेश नं। २ मा २४ सिटको दाबी कायमै रहेको बताए । ुआज सैद्धान्तिक छलफल बढी भयो । प्रदेश २ मा हामीले २४ सिट दाबी गरेका छौंु उनले भनेका छन् ।

कांग्रेसले भने राजपा र संघीय फोरमको दावी वस्तुगत नभएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?