Comments Add Comment

जीप दुर्घटनामा दश घाइते

फाइल तस्वीर

९ कात्तिक, बझाङ । सदरमुकाम चैनपुरबाट बागथलातर्फ जाँदै गरेको जीप दुर्घटनामा परी १० जना घाइते भएका छन् ।

से १ ज ८६१ नंको जीप केदारस्युं गाउँपालिकाको रायलमा दुर्घटना हुँदा घाइतेमध्ये चार जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गम्भीर घाइते हुनेमा केदारस्युं-१ का ३८ वर्षीय पशुपति मल्ल र ३६ वर्षीय ईश्वर मल्ल, वडा नं २ का २८ वर्षीय कुमार ओखेडा र २८ वर्षीय जमुना बोहरा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment