+
+

मारुती सिमेन्टलाई एनएस/आईएसओ ९००१ः २०१५सम्मान

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक ९ गते १८:१०

९ कात्तिक, काठमाडौं । मारुती सिमेन्ट क्लिंकर ओपिसी सिमेन्ट उत्पादन तथा बिक्री-वितरणका लागि एनएस/आईएसओ ९००१ः २०१५द्वारा सम्मानित नेपालकै पहिलो कम्पनी बन्न सफल भएको छ । यसले आफू नेपालकै सर्वाधिक विश्वसनीय ब्राण्डको रुपमा स्थापित भएको कम्पनीको दावी छ ।

मारुती सिमेन्ट ९ वर्ष अगाडि नेपाली सिमेन्ट जगतमा एउटा नेतृत्वदायी भूमिका निर्वाह गर्दै नेपालकै पहिलो तथा निजी स्तरको सबैभन्दा ठूलो सिमेन्ट उत्पादन गर्ने स्वदेशी उद्योगको रूपमा स्थापना भएको थियो ।

पूर्वाञ्चलको उदयपुर पहाडी रेन्जमा रहेको आफ्नै चुनढुंगा खानीबाट अत्याधुनिक रोटरी टेक्नोलोजीको ग्रीनफिल्ड प्लान्टद्वारा मारुती ओपिसी सिमेन्टको उत्पादन भैरहेको छ ।

मारुती सिमेन्टले आफ्नो गुणस्तरलाई अझ निखार्दै अन्तर्राष्ट्रिय स्तरको मापदण्ड प्राप्त गरेको छ । यसको मुख्य श्रेय सम्पूर्ण उपभोक्तालाई र मारुती सिमेन्टसँग आबद्द सम्पूर्ण सहकर्मीहरु प्रति कम्पनीको तर्फबाट आभार व्यक्त गर्दै अबको पछिल्ला दिनहरुमा पनि अझ दरिलो विश्वासका साथ आफ्नो गुणस्तरलाई मजबुत बनाउने संकल्प गर्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?