+
+

सुरक्षाकर्मीलाई मतपत्र जोगाउने तालिम

निर्वाचन आयोगद्वारा पाँचतारे होटेलमा तालिम सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १० गते ९:०६
स्थानीय चुनावमा मतदातासँग सुरक्षाकर्मी । फाइल तस्वीर

१० कात्तिक, काठमाडौं । निर्वाचन आयोगले राजधानीको पाँचतारे होटेलमा चुनावको सुरक्षाबारे चारैवटा सुरक्षा निकायलाई तालिम आयोजना गरेको छ ।

राजधानीको होटल याक एण्ड यतीमा शुक्रबार विहानदेखि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरुलाई तालिम आयोजना गरिएको हो ।

निर्वाचन स्थलमा मतपत्रको सुरक्षा कसरी गर्ने भनेर तालिम दिइने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । ‘चुनावमा बुथ कब्जा हुने, मतपत्र च्यातिने, लुटिने लगायतका सम्भावित घटना कसरी रोक्ने भनेर तालिम दिइने छ,’ प्रवक्ता ढकालले भने ।

निर्वाचनको सुरक्षाका लागि सरकाले तीन वटा सुरक्षा घेरा बनाएको छ । सबैभन्दा बाहिरी घेरामा नेपाली सेना, बीचको घेरामा सशस्त्र प्रहरी र सबैभन्दा भित्री घेरामा नेपाल प्रहरीलाई खटाइने छ । त्यसका साथसाथै म्यादी प्रहरी र अनुसन्धान विभागको टोली पनि परिचालित हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?