+
+

बिर्तामोडमा कर्फ्यु, मेयरको गाडी तोडफोड, पूर्वसांसदको मोटरसाइकल जलाइयो

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १० गते १४:५८

१० कात्तिक, झापा । झापाको बिर्तामोडमा प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । शुक्रबार अर्जुनधाराका लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणबारे छानबिन गर्न माग गर्दै निकालिएको बिरोध र्‍यालीले हिंसात्मक रुप लिएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।

बिर्तामोडको मुक्तिचोकलाई केन्द्र मान्दै पूर्वमा बसपार्क छिर्ने बाटो, पश्चिममा चारपाने चोक, दक्षिणमा बिर्ताबजार र उत्तरमा महानन्दचोकसम्म अनिश्चितकालीन कर्फ्यु लगाइएको छ ।

आन्दोलनमा प्रहरी र आन्दोलनकारी दुवैतर्फका मानिसहरु घाइते भएका छन् ।

मेयरको गाडी तोडफोड, पूर्वसांसदको मोटरसाइकल जलाइयो

अर्जुनधाराका ११ वर्षीय लक्ष्मण शिवाकोटीको मृत्युको सत्यतथ्य छानविन मागसहित सुरु भएको आन्दोलनले उग्र रुप लिएको छ ।

आन्दोलनकारीको समूहले बिर्तामोड नगरपालिका मेयर ध्रुव शिवाकोटीको बा.१० च ३०६१ नम्बरको निजी गाडी तोडफोड गरेका छन् । उनको घरमा समेत ढुंगामुढा प्रहार भएको छ ।

बिर्तामोड नगरपालिकाको मे १ झ. १२१ नम्बरको गाडी पनि तोडफोड भएको छ । मेयरका छोराको मे ७ प ३००० नम्बरको बुलेट बाइक समेत अान्दोलनकारीले जलाइदिएका छन् ।

अान्दोलनका क्रममा घाइते भएका युवा ।

यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालयमा पनि तोडफोड भएको छ । कार्यालय परिसरमा राखिएको पूर्वसांसद् प्रेम गिरीको मोटरसाइकल अान्दोलनकारीले जलाएका छन् । उनीहरूले मुक्तिचोक आसपास जडान गरिएका सीसी क्यामेरा फुटाएका छन् ।

घटनाको समाचार संकलनका लागि गएका सञ्चारकर्मीहरुलाई पनि दुर्व्यवहार गरिएको पत्रकार प्रदीप परियारले बताए । आन्दोलन नेतृत्वविहीन भएकाले उग्र रुप लिन पुगेको स्थानीय बासिन्दाको भनाइ छ ।

यो पनि पढ्नुस्

शिवाकोटी मृत्यु प्रकरण: छानबिन माग गर्दै निकालिएको र्‍यालीमा प्रहरी हस्तक्षेप

लक्ष्मण शिवाकोटी प्रकरणः हत्या कि डुबेर मृत्यु ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?