+
+

उदयपुरको कटारीमा सुमो दुर्घटना

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १३ गते १४:५५

१३ कात्तिक, उदयपुर । उदयपुरको कटारीबाट ओखलढुंगा सदरमुकाम जाँदै गरेको सुमो जीप दुर्घटनामा परेको छ ।

स्थानीयवासीले ४ जनाको मृत्यु भएको जानकारी दिए पनि प्रहरीले त्यसको पुष्टि गर्न नसकिने बताएको छ ।

ना १ ज ३४०४ नम्बरको सुमो उदयपुरको ठाँटी भन्ने स्थनमा रहेको भीरबाट खसेर दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी नवराज भट्टले दिएको जानकारी अनुसार सुमो सडकबाट खसेको छ र प्रहरी घटनास्थलमा पुग्ने क्रममा छ ।

उनले स्थानीयवासीले फोन गरेर टिपाएको खबर अनुसार चार जनाको मृत्यु भए पनि पुष्टि भइनसकेको प्रष्ट पारे । घटनाको अाधिकारिक विवरण अाउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?