+
+

बिर्तामोडको कर्फ्यु तीन दिनपछि हट्यो

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १३ गते १५:१२

१३ कात्तिक, झापा । झापाको अर्जुनधारामा ११ वर्षीय बालकको मृत्यु प्रकरणको विषयलाई लिएर निकालिएको प्रदर्शनले हिंसात्मक रुप लिएपछि शुक्रबारदेखि बिर्तामोडमा लगाइएको कफ्यू सोमबारबाट पूर्ण रुपमा हटेको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आन्दोलन साम्य भएपछि दिउँसो ३ बजेदेखि पूर्ण रुपमा कर्फ्यु हटाइएको अनलाइनखबरलाई बताए ।

बिर्तामोडको मुक्तिचोकलाई केन्द्र मान्दै पूर्वमा बसपार्क छिर्ने बाटो, पश्चिममा चारपाने चोक, दक्षिणमा बिर्ताबजार र उत्तरमा महानन्दचोकसम्म अनिश्चितकालीन कर्फ्यु लगाइएको थियो ।

शुक्रबार भएको प्रदर्शनका क्रममा हिंसा भड्किँदा एक जनाको मृत्यु भएको थियो भने ४० जना घाइते भएका थिए ।

यो पनि पढ्नुस् 

बिर्तामोड तनावग्रस्त, प्रहरीको गोलीबाट एकको मृत्यु

बिर्तामोड गोलीकाण्डः उच्च स्तरीय समितिले छानबिन थाल्यो

बिर्तामोड घटनाः प्रहरी दमन वा अराजक आन्दोलनकारी ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?