+
+

कांग्रेस र राप्रपाको चुनावी तालमेल धरापमा !

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १३ गते २१:३०

१३ कात्तिक, काठमाडौं । झापा ३ लाई लिएर नेपाली कांग्रेस र राप्रपाको चुनावी तालेमल धरापमा परेको छ ।

कांग्रेसले पूर्वमहामन्त्री कृष्ण सिटौलालाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने राप्रपाले महामन्त्री राजेन्द्र लिङ्देनलाई उठाउने औपचारिक निर्णय गरेको छ ।

सुरुमा कांग्रेस झापा ३ सहित प्रतिनिधिसभाका ७ सिटमा राप्रपालाई छाड्न सहमत भएको थियो । त्यसअनुसार सिटौलाको नाम समानुपातिकको सूचीमा राखिएको पनि थियो । तर, सिटौलाले आफैं चुनाव लड्ने अडान लिएपछि उनको नाम समानुपातिकबाट हटाइएको छ र झापा ३ को टिकट दिइएको छ ।

लगतै राप्रपाले पनि झापा ३ मा सिटौलाविरुद्ध लिङ्देनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

लिङ्देनको उम्मेदवारी घोषणासँगै कांग्रेस र राप्रपाको चुनावी तालमेल संकटमा परेको छ ।

सिटौलाविरुद्ध उम्मेदवार उठाए राप्रपाका नेताहरुविरुद्ध पनि उम्मेदवारी दिने कांग्रेस चुनाव प्रचार समितिका संयोजक बालकृष्ण खाँडले बताए । उनले अनलाइनखबरलाई भने, ‘सिटौलाजी हाम्रो शीर्ष नेता हो । उहाँविरुद्ध नै उम्मेदवारी दिनुभयो भने हामीले पनि कतिपय ठाउँमा उहाँहरुविरुद्ध उम्मेदवारी दिनु पर्ने हुन्छ ।’

कांग्रेसले मकवानपुर १ मा राप्रपा अध्यक्ष कमल थापालाई समर्थन गर्ने बताएको थियो ।

तर, सिटौलाविरुद्ध लिङ्देनलाई उम्मेदवार बनाउने निर्णय गरे लगतै कांग्रेस मकवानपुरले तालमेल अमान्य घोषणा गरेको छ । जिल्लाका कार्यबाहक सभापति विष्णु लामिछानेले पत्रकार सम्मेलन गरेरै थापालाई भोट नहाल्ने घोषणा गरे ।

मकवानपुर १ का पूर्वसांसद इन्द्र बानियाँ कांग्रेसबाट टिकटका प्रमुख दावेदार हुन् ।

राप्रपाले भने झापा ३ मा प्रतिस्पर्धा गरेपनि अन्यत्र तालमेल गर्ने इच्छा देखाएको छ । नेता बुद्धिमान तामाङले भने, ‘झापा ३ मा कांग्रेससँग मैत्रिपूर्ण प्रतिस्पर्धा हुन्छ । अन्यत्र सहकार्य जारी रहन्छ ।’

यो पनि पढ्नुस् 

मकवानपुर कांग्रेसले भन्यो- परिवर्तनका विरोधी कमल थापालाई भोट हालिन्न

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?