+
+

मालपोत कार्यालय सर्लाहीका नायव सुब्बा घुससहित अख्तियारको नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १४ गते १७:४५

१४ कात्तिक, महोत्तरी । सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा मालपोत कार्यालय हरिवनका नायब सुव्वालाई अख्तियारको टोलीले पक्राउ गरेको छ ।

बर्दिवासस्थित अख्तियारको सम्पर्क कार्यालयले घुस लिँदै गरेका नासु ईश्वरीप्रसाद दाहाललाई घुस रकम सहित पक्राउ गरेको हो ।

मालपोत कार्यालय हरिवनमा कार्यरत नायव सुब्बा दाहालले सेवाग्राहीसँग बाटोको रजिस्ट्रेसन पास गरिदिने भन्दै ५ हजार घुस मागेको र घुस रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासस्थित सम्पर्क कार्यालय बर्दिबासले जनाएको छ ।

पक्राउ गरिएको दाहाललाई बर्दिवासमा राखेर बयान लिने काम भइरहेको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?