Comments Add Comment

किन महँगो भइरहेका छन् धेरैजसो स्मार्टफोन

अहिले स्मार्टफोन बजारमा धेरै महँगा फोनको दबदबा छ । फोन कम्पनीहरुले आफ्ना हाइ इण्ड मोडेल अर्थात् महँगा मोडेलका स्मार्टफोनमा जोड दिइरहेका छन् । यस्ता महँगा स्मार्टफोनको बिक्री पनि गज्जब भैरहेको तथ्यांकले देखाउँछ ।

हालै एप्पलले आफ्नो सबैभन्दा महँगो स्मार्टफोन आइफोन एक्स लञ्च गर्यो । एप्पल मात्र होइन, गुगल, सामसुङ, एचटिसीलगायतले पनि पछिल्लो समय आफ्ना हाइ इण्ड प्रिमियम स्मार्टफोन लञ्च गरेका छन् ।

अहिले स्मार्टफोनका प्रयोगकर्ताहरु यस्ता बनिसकेका छन् कि टिकाउपना र फिचर्सको मामिलामा कुनै सम्झौता गर्दैनन् र मन परेको स्मार्टफोनका लागि गोजी रित्याउन पछि पर्दैनन् । एक सर्वेक्षण अनुसार स्मार्टफोन प्रयोगकर्तामध्ये ५० प्रतिशत प्रयोगकर्ता स्मार्टफोनको ब्याट्री धेरै टिक्ने हुनुपर्नेमा जोड दिन्छन् ।

साथै धेरैको चाहना स्मार्टफोनको स्क्रिन बलियो होस् र सामान्य दुर्घटनामा स्क्रिन नफुटोस् भन्ने हुन्छ ।

सेल्फीप्रेमी स्मार्टफोन प्रयोगकर्ताहरुका लागि स्मार्टफोनको क्यामरा पनि सबैभन्दा प्राथमिकताको विषय बन्ने गरेको छ । राम्रो क्यामरा र तीव्र गतिमा स्मार्टफोन चलाउनका लागि चाहिने उच्च क्षमतायुक्त प्रोसेसरका कारण स्मार्टफोन महँगो बनिरहेको छ ।

महंगो स्मार्टफोन किनिसकेपछि ग्राहकहरु आफ्नो स्मार्टफोनको सुरक्षाका विषयमा गम्भीर हुनु स्वभाविकै हो । त्यसैले महँगो फोनमा वाटरप्रुफ फिचरको माग उच्च छ ।

स्मार्टफोनमा थोरैमात्र पनि ओस तथा पानी छिर्नाले यो पूरै बिग्रिने खतरा हुन्छ । त्यसैले स्मार्टफोन वाटरप्रुफ प्रविधियुक्त हुनु प्रयोगकर्ताका लागि सबैभन्दा ढुक्कको कुरा हो । वाटरप्रुफ फिचर धेरै उच्च मूल्यका स्मार्टफोनमा मात्र उपलब्ध छ ।

समयसँगै केवल एप्पलका स्मार्टफोन मात्र महँगो भएका होइनन् । आजकल एन्ड्रोइड प्लेटफर्ममा चल्ने प्रिमियम स्मार्टफोनहरुको मूल्यमा पनि उछाल आएको छ । स्मार्टफोन प्रयोगकर्ताहरुले मन फुकाएर खर्च गर्ने बानी र अत्याधुनिक फिचर सहितका स्मार्टफोनको बढ्दो मागका कारण एक पछि अर्को गर्दै महँगा स्मार्टफोनहरु बजारमा आइरहेका हुन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment