Comments Add Comment

‘होलिडे’का छायांकार यूरोपमै लुकेपछि निर्माण यूनिटलाई तनाब


चलचित्र ‘होलिडे’का छायांकार दिनेशकुमार राई नेपाल फर्कनु पर्ने समयमा यूरोपमा नै लुकेपछि यसको निर्माण यूनिट तनावमा परेको छ । चलचित्रका छायांकार राई छायांकन सकेपछि यूरोपमै लुकेका छन् । उनी, लुकेपछि अहिले यसको निर्माण यूनिटले प्रहरीमा उजुरी समेत दिएको छ ।

बसन्त निरौलाले निर्देशन गरेको यो चलचित्रको छायांकन वेल्जियमका विभिन्न स्थानमा करिब १ महिना लगाएर सकिएको छ । तर, चलचित्रका दिनेश कुमार राई भने छायांकन सकिएपछि यूरोपमै लुकेका छन् । शनिबार चकलेटी लिन जान्छु भन्दै निस्किएका उनी त्यसपछि नफर्किएको यसका निर्देशक निरौलाले जानकारी दिएका छन् । उनी पोल्याण्ड पुगेको आशंका यसको निर्माण यूनिटले गरेको छ ।

चलचित्रमा गौरव पहारि, वुद्धि तामाङ र पवित्रा आचार्यको मुख्य भूमिका छ । चलचित्रका मुख्य कलाकारहरु छायांकन सकेर नेपाल फर्किसकेका छन् । दिनेशलाई सम्पर्कमा आउन निर्माण यूनिटले आग्रह गरेको छ ।

दिनेशले आफ्नो लगेजबाट पासपोर्ट र आफ्नो डकुमेन्ट मात्र लिएर हिडेको निर्देशक बसन्त निरौलाले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment