+
+
Shares

‘फिर्के’को फस्टलुकमा अर्पण, ऋचा र ‘इकु’

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १५ गते १५:५९


‘इकु’ उपनामले परिचित कलाकार सुलेमान शंकरले नयाँ चलचित्र निर्माण गरेका छन् । उनले, निर्माण गरेको चलचित्र ‘फिर्के’को फस्टलुक सार्वजनिक गरिएको छ । यो चलचित्र पौष १४ गतेबाट रिलिज गरिने निर्माणपक्षले बताएको छ ।

चलचित्रमा कलाकारहरु अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिस्टिना पौडेल, विष्णु सपाकोटा, अर्जुन गुरुङ, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारको मुख्य भूमिका छ । यो चलचित्रलाई रवि डंगोलले निर्देशन गरेका हुन् । ओमलाल गुरुङ र राजेश श्रेष्ठले यो चलचित्रको निर्माण गरेका हुन् । अभिमन्यू निरबीले चलचित्र लेखेका हुन् ।

चलचित्रको फस्टलुकले दर्शकमा कौतुहलता बढाएको छ । चलचित्रको गीत पनि चाडै सार्वजनिक गरिने सुलेमानले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?