Comments Add Comment

छड्के अनुगमनमा ५ सय सरकारी कर्मचारी कार्यालयमा भेटिएनन्

१५ कात्तिक, कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा रहेका सरकारी कार्यालयहरुको बुधबार छड्के अनुगमन गर्दा करिब ५ सय कर्मचारी अनुपस्थित रहेको पाइएको बताएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले धनगढीमा रहेका अधिकांश सरकारी कार्यालयमा कर्मचारीहरु अनुस्थित भेटिएको जानकारी दिए ।

२४ जनाको दरबन्दी रहेको जिल्ला प्राविधिक कार्यालयमा २२ जना कर्मचारी अनुपस्थित रहेको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए । त्यस्तै सेती अञ्चल अस्पतालमा समेत ८१ जना कर्मचारीहरु अनुपस्थित रहेको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी रिजालले दशैंको विदादेखि नै धेरैजसो कर्मचारीहरु कार्यालयमा हाजिर नभएको बताए । उनले केही कार्यालयका प्रमुखसमेत अनुपस्थित रहेको जानकारी दिए ।

विभिन्न चार समुह बनाई जिल्ला पशु सेवा कार्यालय, कृषि, यातायात, शिक्षा, महिला तथा वालवालिका लगायत सबै सरकारी निकायमा अनुगन गरिएको बताउँदै प्रमुख जिल्ला अधिकारी रिजालले अनुस्थित रहेका कर्मचारीहरुलाई कारवाहीका लागि गृह मन्त्रालय मार्फत सम्बन्धित सबै विभागहरुलाई पत्राचार गरिने बताए ।

जनताको काम नभएको व्यापक जन गुनासो आएपछि सरकारी कार्यालयहरुको अनुगम गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment