Comments Add Comment

लमजुङमा १७ किलो सुन बरामद, पासाङ लामा पक्राउ

फाइल तस्वीर

१६ कात्तिक, लमजुङ । प्रहरीले १७ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

मनाङबाट बा ५४ प ४२९१ नम्बरको मोटरसाइकलमा बेसीशहरतर्फ जाँदै गरेका पासाङ लामाका साथबाट सुनका १७ वटा विस्कुट बरामद भएको हो ।

लमजुङका प्रमुख प्रमुख पदमबहादुर विष्टका अनुसार मस्र्याङ्दी गाउँपालिका-३ खुदी बजारमा चेकजाँचका क्रममा उनी सुनसहित पक्राउ परेका हुन् ।

मनाङको नासोङ गाउँपालिकाका वडा नम्बर ९ का वडाध्यक्ष नाम पनि पासाङ लामा नै छ । तर, पक्राउ परेका व्यक्तिले आफू वडाध्यक्ष नभएको बताएको विष्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment