+
+

निश्चलको ‘फनफनी’मा विपिनले लिए महंगो पारिश्रमिक

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १७ गते १४:३४


चलचित्र ‘लूट २’ पछि निर्देशक निश्चल बस्नेतले अन्य ब्यानरका चलचित्र, आइटम गीतमा काम गरे । निश्चलले जस्तो पनि गीतमा नृत्य गर्न थालेपछि उनी सस्तो भएको चर्चा चल्यो । निश्चलले भने साथीहरुले भन्दा नाई भन्न नसकेको बताए । अब, उनले छानेर मात्र काम गर्ने समेत बताए ।

उनै, निश्चल अब नयाँ चलचित्रको निर्देशन गर्ने तयारीमा छन् । निश्चलले निर्देशन गर्न लागेको नयाँ चलचित्रको नाम ‘फनफनी’ राखिएको छ । अनलाइनखबरलाई प्राप्त खबर अनुसार यो चलचित्रमा कलाकार विपिन कार्की मुख्य भूमिकामा रहनेछन् । विपिनलाई यो चलचित्रमा महंगो पारिश्रमिकमा अनुवन्धित गरिएको छ । यो चलचित्रका लागि विपिनले १७ लाख भन्दा बढी पारिश्रमिक लिएको वुझिएको छ ।

यो चलचित्रका लागि निर्देशक निश्चल बस्नेतले पनि २५ लाख पारिश्रमिक लिएको चर्चा छ । तर, यो बिषयमा निश्चल र विपिन दुबैले मुख खोलेका छैनन् । निश्चल र विपिनले यो चलचित्र रिलिज नभएसम्म अर्को चलचित्रमा काम गर्ने छैनन् । चलचित्रका लागि नायिकाको खोजी भैरहेको छ । ‘भद्रगोल’ सिरियलका ‘जिग्री र पाँडे’ले यो चलचित्र निर्माण गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?