+
+

ल्ह्यारक्याल लामा माओवादीको समानुपातिक उम्मेदवार, हेर्नुस् सूची

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १७ गते १९:३७

१७ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिकको सूचीको पहिलो नम्बरमा पूर्वमन्त्री रेखा शर्मालाई राखेको छ ।

ल्ह्यारक्याल लामा पनि माओवादीको समानुपातिक सूचीमा परेका छन् । उनको नाम बन्दसूचीको ५६ अाैं नम्बरमा छ ।

पहिलो संविधानसभामा एमालेबाट समानुपातिबाट सांसद बनेका लामा दोस्रो संविधानसभामा माअोवादीवादीबाट समानुपातिकबाट सांसद बनेका  थिए ।

अर्थ राज्यमन्त्री हुँदा दोहोरो नागरिकता भेटिएपछि उनले राजीनामा दिएका थिए ।

निर्वाचन आयोगले शुक्रबार सार्वजनिक गरेको सूची अनुसार रेखा पहिलो नम्बरमा छिन् भने दोस्रो नम्बरमा पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी, तेस्रो नम्बरमा धर्मशिला चापागाईँ र चौथो नम्बरमा सत्या पहाडी छिन् ।

हेर्नुहोस् माओवादीको सूची 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?