Comments Add Comment

वाम गठबन्धनलाई समर्थन गर्दै मालेका ज्ञवालीद्वारा उम्मेदवारी फिर्ता

 

१९ कात्तिक, गुल्मी । नेकपा मालेका केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उम्मेदवार भरतमणि ज्ञवालीले उमेदवारी फिर्ता लिएका छन् ।

उनी र अर्का स्वतन्त्र उमेदवार विष्णु प्रसाद खत्रीले पनि आज उमेदवारी फिर्ता लिएको प्रमुख निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले जानकारी दिए ।

नेकपा मालेका प्रभावशाली नेता ज्ञवालीले अव च्यााखे मात्रै थापेर नहुने र नेपालको वामशक्तिलाई बलियो बनाउनु पर्ने देखेर आफुले वामगठबन्धनलाई सघउन उमेदवारी फिर्ता लिएको बताए ।

गुल्मीको रुरु गाउापालिका वम्घा घर भएका नेता ज्ञवालीको उमेदवारी फिर्ता र वामगठबन्धनलाई समर्थनले प्रतिनिधिसभाका उमेदवार प्रदीपकुमार ज्ञवालीसहितका क्षेत्र नम्वर १ का उम्मेदवारलाई थप वल पुगेको उमेदवारहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment