Comments Add Comment

अब सिद्धिने पालो कम्युनिष्टहरुको होः खाँण

२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस निर्वाचन परिचालन समिति संयोजक बालकृष्ण खाँणले नेपालबाट कम्युनिष्टहरु छिट्टै सिद्दिने दाबी गरेका छन् ।

प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेता खाँणले भने, ‘प्रचण्ड र ओली नामका दुई जना कम्युनिष्ट नेता मिल्दैमा नेपालमा कम्युनिज्म आउँदैन । लोकतन्त्रका लागि निरंकुश राजतन्त्र फालेका नेपाली जनताले कम्युनिष्ट निरंकुशता स्वीकार गर्नै सक्दैनन ।’

उनले अघि भने, पूर्वी जर्मनीमा जसरी युवाहरुले कम्युनिष्टहरुले लगाएको पर्खाल तोडे । त्यसरी नै नेपाली युवाले निरंकुश र अधिनायकवादको मार्गमा अग्रसर नेपालका कम्युनिष्टहरुको महत्वकांक्षाको पर्खाल चकनाचूर पारिदिनु पर्छ ।’

उनले कांग्रेस पहाड र तराइको पुल भएको उल्लेख गरे । नेता खाँडले अर्बपति विनोद चौधरीको कांग्रेस प्रवेशले पनि मुलुकमा वामपन्थीको वर्चश्व उद्योगी, व्यापारीले अस्वीकार गरेको प्रमाणको रुपमा व्याख्या गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment