Comments Add Comment

चार युवतीलाई भारत लैजादै गर्दा एक युवक पक्राउ

२४ कात्तिक, महोत्तरी । भारतको बाटो हुँदै कुबेत पठाइदिने प्रलोभन देखाएर एक युवाले चार युवतीलाई भारत लैजाँदै गरेको अवस्थामा महोत्तरी प्रहरीले गएराति पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाही जिल्लाको हरिवन नगरपालिका-८ बस्ने २६ वर्षीय टेकबहादुर कालिकोटे रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुबेर कडायतले बताए ।

पक्राउ परेका युवक कालिकोटेले सिन्धुपाल्चोक जिल्लाको हेलम्बू गाउँपालिका-५ बस्ने २० वर्षीया उषा तामाङ, महाकाल गाउँपालिका-७ बस्ने २० वर्षीया कुलमाया तामाङ, बाँसखर्क गाउँपालिका-३ बस्ने २० वर्षीया रञ्जना तामाङ र सिन्धुली जिल्लाको मरिणखोला गाउँपालिका-५ बस्ने २२ वर्षीया कान्छीमाया तामाङलाई भारत लैजाँदै गरेको अवस्थामा प्रहरीले फेला पारी उनीहरुको उद्धार गरेको प्रहरी उपरीक्षक कडायतले बताए ।

जिल्लाको पश्चिममा पर्ने सम्सी सीमानाका हुँदै गएराति १० बजे चार युवतीसहित भारत बिहारको सीतामढी जिल्लास्थित कन्हमा शहर प्रवेश गर्न लागेको अवस्थामा सम्सी गाउँपालिका-६ स्थित बाटोमा सीमा गस्तीमा रहेका प्रहरीको टोलीले शंका लागि जाँच गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक कडायतले बताए ।

जिल्ला प्रहरी कार्यालयमा ल्यइएका ती युवतीलाई अभिभावक बोलाएर घर पठाउने र उनीहरुलाई भारत लैजाने युवक कालिकोटेमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाउने तयारी भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment