Comments Add Comment

स्वतन्त्र र स्वच्छ आँखाले पर्यवेक्षण गर्नुस्ः प्रमुख आयुक्त

२४ कात्तिक, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन पर्यवेक्षण संस्थाका प्रतिनिधिहरुलाई स्वतन्त्र र स्वच्छ आँखाले निर्वाचन पर्यवेक्षण गर्न आग्रह गरेका छन् ।

निर्वाचन आयोगबाट २०७४ मंसिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन पर्यवेक्षणका लागि आयोगबाट अनुमतिप्राप्त स्वदेशी पर्यवेक्षण संस्थाका प्रमुख तथा प्रतिनिधिहरूलाई अभिमुखीकरण तालिममा प्रमुख आयुक्त यादवले निर्वाचन असफ बनाउन पर्यवेक्षकको भूमिका पनि महत्वपूर्ण हुने बताए ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले भने- ‘पर्यवेक्षकका बारेमा कुनै शिकायत नआउने ढंगबाट आचारसंहिताको परिधिभित्र रहेर काम गर्नुहोला, निर्वाचन सफल भएमा नेपाली जनताको शान्ति, लोकतन्त्र र समृद्धिको चाहना पूरा हुनेछ ।’

अभिमुखीकरण कार्यक्रममा पहिलो दिन कात्तिक २३ गते २५ संस्था तथा आज २४ गते २७ गरी जम्मा ५२ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment