Comments Add Comment

ट्रकको ठक्करबाट महिलाको मृत्यु

२४ कात्तिक, सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका-२०, तरहरामा शुक्रबार ट्रकको ठक्करबाट महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ६० वर्षीया फुलमाया राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । धरानदेखि इटहरीतर्फ आउँदै गरेको ना २ ख १०४७ नम्बरको ट्रकले ठक्कर दिँदा राईको मृत्यु भएको सुनसरीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment