Comments Add Comment

फुडमाण्डू ८औं वर्षमा प्रवेश, वेबसाइटको नयाँ संस्करण आयो

२५ कार्तिक, काठमाडौं । काठमाडौंका विभिन्न उत्कृट रेष्टुरेन्टहरुबाट खानाका परिकारहरु घरदैलोसम्म उपलब्ध गराउने एक अग्रणी सेवा प्रदायक कम्पनी फुडमाण्डू प्रालीले आफ्नो साताैं वर्ष पूरा गरेको छ ।

यस अवसरमा पत्रकार सम्मेलनको आयोजना गरी बेवसाइटको नयाँ संस्करणको शुभारम्भ भएको घोषणा गरेको छ । आउँदा दिनहरुमा सेवा गुणस्तरलाई अझ बढाउँदै सेवा प्रदान गर्ने स्थानहरुको परिधी तथा आफुसँग आवद्ध रेण्टुरेण्टहरुको संख्या क्रमिक रुपमा बढाउँदै लाने योजना बनाएको छ ।

फुडमाण्डूका प्रमुख कार्यकारी मनोहर अधिकारीले सन् २०१० नोभेम्बर ११ मा आफ्नो सेवा सरुुवात गरेको कम्पनीले स्थापनादेखि हालसम्म २ लाखभन्दा बढी अर्डरहरु ग्राहकहरुको घरदैलोसम्म डेलिभरी गरिसकेको छ ।

सक्षम, सपर्पित र लगनशील कर्मचारीहरु तथा उच्चस्तरीय प्रविधि र कुशल व्यवस्थापनको माध्यमबाट फुडमाण्डूले देशमा आफुलाई खानासँग सम्बद्ध डेलीभरी सेवा प्रदान गर्ने एक भरपर्दो र चीरपरिचित कम्पनीकोे रुपमा स्थापित गर्न सफल भैसकेको जनाएको छ ।

सातौं वाषिर्कोत्सवको उपलक्ष्यमा कम्पनीले ११ नोभेम्बरदेखि ७ दिनका लागि प्रत्येक अर्डरमा ७ प्रतिशत छुट उपलव्ध गराउने योजना ल्याएको छ । ग्राहकहरुले कम्पनीको वेवसाइट, मोवाईल एपवा टेलिफोन जुनसुकै माध्यमबाट गरिने अर्डरमा यो छुट प्राप्त गर्न सक्नेछन । यसका साथै डिसेम्बर १५ देखि नेपालमा नै पहिले पटक अनलाईन फूड फेस्टिबलको आयोजना गर्न गइरहेको जनाकारी कम्पनीले गराएको छ ।

१७५ भन्दा बढी प्रख्यात रेष्टुरेन्टहरुसँग सहकार्य गर्दै आएको फुडमाण्डूले स्वादमा विविधता चाहने ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्नमा कुनै कसर बाँकी नराखेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment