Comments Add Comment

गोर्खा ब्रुअरीले मनाउँदैछ कार्ल्सवर्गको १७०औं वार्षिकोत्सव


२५ कात्तिक, काठमाडौं । कार्ल्सबर्गको १७०औं वाषिर्कोत्सव मनाउन गोर्खा बु्रअरीले काल्र्सवर्गको अद्भूत सम्पदालाई पाटन संग्राहलयमा फोटो प्रदर्शनी समारोह मार्फत् हाईलाईट गर्‍यो ।

गोर्खा ब्रुअरी कम्पनीको कथा बोकेको र ज्याकोब्सेन परिवारको १८औं शताब्दीदेखि अहिलेको दिनसम्मको फोटोहरु दस्तावेजीकरण गरेर पाटन संग्राहलयमा एउटा फोटो प्रदर्शनी समारोहको आयोजना गर्‍यो ।

प्रदर्शनीमा १७० वर्षको बियर ब्रुइङ्गको इतिहासका साथै यस दौरान गरिएको खोज, अन्य कौतूहल व्यक्तिहरुका समस्याहरु समाधान गर्न र जीवनलाई अझ राम्रो गर्न विश्वलाई प्रेरित गर्नका लागि बाँडिएका कुराहरु प्रदर्शन गरिएको थियो ।

जे.सी. ज्याकोब्सेन एक वास्तविक अग्रणी थिए र उनको प्रयोगशालामा एज्-कअबभि र शुद्ध ईष्ट जस्तो वैज्ञानिक खोजहरु गरिएको थियो ।

ईष्ट बिग्रिएर सम्पूर्ण बु्रइङ्ग उद्योग नै प्रभावित भएको समयमा जे.सी. ज्याकोब्सेन विश्वभरि नै उनको शुद्ध ईष्ट बनाउने खुबीलाई बाँडे, यसले उनलाई सम्भवतः खुल्ला स्रोतकोरुपमा कार्य गर्ने पहिलो व्यवसायी प्रमुख बनाउँछ ।

गोर्खा ब्रुअरीका उप-प्रबन्ध निर्देशक सुरेन्द्र सिल्वालले भनेे, ‘हामी हाम्रो १७०औं वाषिर्कोत्सव आफ्नो पुरानो दिनको खुशी मनाउन र भविष्यलाई स्वागत गर्नको लागि प्रयोग गर्न चाहन्छौं । काल्र्सवर्गले सन् १८४७ देखि आज र भोलिका दिनलाई अझ राम्रो बनाउनका लागि ब्रुईङ्ग गर्दै आएको छ । अझ राम्रो बियरहरुद्वारा अझ राम्रो आज बनाउन र विज्ञानमा लगानी तथा स्थिरताद्वारा अझ राम्रो भोलि बनाउन । आज गरिएको पुनःरचनाले अझ बढी मानिसहरुलाई हाम्रो स्थापकको आफ्नो सिमाहरुलाई परिमार्जित गर्ने र विश्वसँग शेयर गर्ने अद्भूत मानसिकता अनुभव गर्ने अवसर दिएको छ ।’

काल्र्सवर्गको १७०औं वाषिर्कोत्सवको शानदार सुरुवात अगष्ट महिनामा कोपनहेगनमा पूरै हप्ता भयो, जसमा काल्र्सवर्गको बजारहरुबाट सबै पाहुनाहरुले ऐतिहासिक बु्रइङ्गका साईटको भ्रमण गरेका थिए । त्यस हप्ताको दौरानमा काल्र्सवर्गले होलोग्राम प्रविधिको नविनतम् उपायबाट आफ्ना स्थापकलाई पुनरजीवित गरेका थिए ।

विश्वको पहिलो जेरो कार्बन विण्डमिल बारलाई ठाडो बनाएर १० हजार भन्दा बढी पाहुनाहरुका लागि काल्र्सवर्ग जिल्लाको शहरमा अवस्थित पुरानो काल्र्सवर्ग सडकमा वृहत् स्ट्रीट पार्टीको आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment