Comments Add Comment

दुबईमा गम्भीर दुर्घटना, एक नेपालीसहित ८ जनाको मृत्यु

दुर्घटनामा पर्नेहरु सबै एसियाली राष्ट्रका

Photo Credit : Dubai police

१३ असोज, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

मृत्यु हुने मध्ये एकजना नेपाली नागरिक रहेको युएईस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । अन्य मृतक एसियाली राष्ट्रका रहेको त्यहाँको प्रहरीले जनाएको छ ।

स्थानीय समयअनुसार विहान ४ बजेर ५४ मिनेटमा दुबईको सेख मोहम्मद विन जायद सडकमा फर्स्ट सेक्युरिटी ग्रुपको १४ सिटे मिनिबस लरीसँग ठोक्किएको थियो ।

दुर्घटनामा अरु ६ जना पनि घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने अन्य ४ जनाको अवस्था सामान्य रहेको छ ।

घाइतेहरुको स्थानीय रसिद अस्पतालमा उपचार भइरहेको छ ।

दुबई प्रहरीले दुर्घटनामा पर्नेहरु सबै एसियाली देशका नागरिक भएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment