+
+
Shares

भैंसेपाटीमा भीआईपी आवासको शिलान्यास आज

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १३ गते ८:१०
Photo Credit : Onlinekhabar/File Photo

१३ असोज, काठमाडौं । प्रदेश प्रमुख, मुख्यमन्त्री र मन्त्रीहरुका लागि सरकारले बनाइदिने आवासको शिलान्यास आज हुँदै छ । ललितपुरको सैंबु भैंसेपाटीमा सोमबार बिहान १०ः४५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले आवास शिलान्यास गर्न लागेका हुन् ।

सरकारले ललितपुरको सैंबुमा १४९ रोपनी ४ आना ३.२८ दाम जग्गा छुट्टाएर सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष, मन्त्री, प्रदेश प्रमुख, मुख्यमन्त्रीहरुका लागि सुविधासम्पन्न अलग-अलग भवन बनाउँदै छ ।

दुई वर्षभित्र मन्त्री निवासका साथै राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष, सभामुख, उपसभामुखका लागि २७ वटा भवन बनाइने छ । त्यसका लागि १ अर्ब ४५ करोड रुपैयाँ विनियोजन गरिएको छ । यस्तै प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुका लागि बन्ने १४ वटा भवनका लागि ८५ करोड बजेट छुट्याइएको छ ।

यी सबै भवनहरुको निर्माण काम सुरु भएको मितिले दुई वर्षभित्रै सक्ने लक्ष्य छ । निर्माणको जिम्मा केसी कन्स्ट्रक्सन तथा सामानान्तर जेभीले पाएका छन् ।

गत १२ मंसिरमा बसेको मन्त्रिपरिषद बैठकले भीआईपीहरुका लागि भैंसेपाटीमा आवास तथा सम्पर्क कार्यालय निर्माण गर्ने निर्णय गरेको थियो । हाल मन्त्रीहरु बस्दै आएको पुल्चोकस्थित निवासमा भने विदेशी पाहुनाहरुलाई राख्न अतिथि गृह बनाउने सरकारले निर्णय गरेको छ ।

सरकारले हालै प्रधानमन्त्री बस्ने सरकारी निवास बालुवाटारमा र संघीय संसद भवन सिंहदरबारमा शिलान्यास गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?