Comments Add Comment

पारसको कीर्तिमानी शतकसँगै नेपालको शानदार जित

११ असोज, काठमाडौं । पारस खड्काको कीर्तिमानी शतकसँगै नेपालले सिंगापुरलाई ९ विकेटले हराएको छ र त्रिकोणात्मक सिरिजमा पहिलो जित हात पारेको छ ।

सिंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले १६ ओभरमा मात्र एक विकेट गुमाएर भेट्टायो ।

नेपालले पहिलो विकेट भने यस्तैमा गुमाएको थियो । इशान पाण्डे मात्र ५ रनमा आउट भए, जतिबेला टिमको स्कोर ९ रन थियो । तर पारसले कप्तानी पारी खेले ।

दोस्रो विकेटका लागि आरिफ शेखसँग १४५ रनको साझेदारी गरेका उनले मात्र ४९ बलमा शतक पुरा गरेका थिए । उनले सिंगापुरका कप्तान टिम डेभिडको बलमा छक्का हान्दै शतक पुरा गरे ।

यससँगै उनी टी-२० आईमा शतक बनाउने पहिलो नेपाली क्रिकेटर बनेका छन् । एकदिवसीय क्रिकेटमा पनि शतक बनाउने पहिलो नेपाली क्रिकेटरको रेकर्ड पनि उनकै नाममा छ ।

कुल ५७ बलको समनाा गरेका पारसले नौ छक्का र सात चौकासहित अविजपत १०६ रन बनाए । पारससँग राम्रो साझेदारी गरेका आरिफ ३९ रनमा अविजित रहे ।

यसअघि टस जितेर पहिले ब्याटिङ थालेको घरेलु टोलीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५१ रन बनायो ।

नेपालले पहिलो विकेट सुरुमा नै लिएको थियो । तर टिम डेभिडले कप्तानी पारी खेले एस चन्द्रमोहनसँग ३५ रनको साझेदारी गरेका डेभिडले मनप्रित सिंहसँग ४५ रनको साझेदारी गरे । यस्तै चौथो विकेटका लागि अविजित ४९ रनको साझेदारी गरे ।

डेभिड ६४ रनमा अविजित रहे । नेपालका कारण केसीले २ र सुशन भारीले एक विकेट लिए ।

नेपालका कप्तान पारस ‘म्यान अफ दि म्याच’ घोषित भए । खेलपछि प्रतिक्रिया दिँदै कप्तान खड्काले सिंगापुरको राम्रो सुरुवात भएपनि डेथ ओभरमा राम्रो बलिङ राम्रो भएको बताए । यदि १८०/९० रन बनेको भए नेपाललाई दबाव हुनसक्ने उनको भनाइ छ ।

आफ्नो प्रदर्शनबारे सोधिएको प्रश्नमा उनले रन बनाउनु र टिमलाई जिताउने महत्वपूर्ण भएको बताए ।

सिंगापुरका कप्तान डेभिडले आफ्नो टिमका लागि २०/३० रन कम भएको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment