Comments Add Comment

टिटेले प्रशंसा गर्दा पत्रकार सम्मेलनमै रोए नेइमार (भिडियोसहित)


२६ कात्तिक, काठमाडौं । काभानीसँगको खराब सम्वन्धलाई लिएर भएका अड्कलबाजी, प्रशिक्षक युनाइ एम्रीसँगको मतभेद र सँँधै मानिसहरुको नजरमा पर्नु … ब्राजिलको पोष्ट म्याच कन्फ्रेन्सका क्रममा नेइमार परिवार सम्झिएर रोएका छन् ।

खासमा प्रशिक्षक टिटेले उनको प्रशंसा  गरिरहेका थिए । तर, प्रशिक्षककाे प्रशंसाले भावुक बनेका नेइमारले आफूलाई सम्हाल्न सकेनन् ।

सँधै मिडियाबाट घेरिइरहनु मात्र होइन, नेइमार दुःखी हुनुका धेरै कारण छन् । कीर्तिमानी मूल्यमा पीएसजीमा आवद्ध भएपछि उनी पेरिसमा बस्दै आएका छन् ।

उनको साथमा साथीभाइ र ब्राजिलियन नै रहेपनि उनले परिवारलाई मिस गरेका छन् । उनका छोरा अझै बार्सिलोनामा बस्छन् । उनकी आमा र दिदी ब्राजिलमा बस्दै आएका छन् ।

उनलाई भाषाले पनि अझै समस्या बनाएको छ । फ्रान्च भाषा राम्ररी नजानेकै कारण उनलाई अझै सम्वादमा अफ्ठ्यारो हुने गरेको छ, जसले पेरिस सेन्ट जर्मेनको ड्रेसिङ रुमकाे वातावरणलाई सहज बनाएको छैन ।

नेइमारले भने एम्रीसँग आफ्नाे सम्बन्ध राम्रो रहेको बताए । ब्राजिलका प्रशिक्षक टिटेले नेइमारसँग कुनै समस्या नरहेको र उनी निकै ठूलो हृदय भएका व्यक्ति रहेको बताए । टिटेले आफ्नो प्रशंसा गरिरहँदा नेइमार रोए र त्यहाँबाट निस्केर गए । जापनसँगको खेलमा नेइमारले पेनाल्टीमार्फत एक गोल गरेका थिए भने एउटा पेनाल्टीमा चुकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment