Comments Add Comment

रौतहटमा डेंगुबाट एकको मृत्यु, दुर्इ दर्जन बढी बिरामी

डेंगुवाट थलिएका बिरामी ।

२६ कात्तिक, रौतहट । रौतहटमा डेंगुबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर-१ रौराई का ४० वर्षे मोतिराम गोलेको मृत्यु भएको हो ।

डेंगुको संक्रमण भएपछि उपचारका लागि चितवन भरतपुरमा उपचार हुँदै गर्दा गोलेको मृत्यु भएको हो ।
रौतहटको चन्द्रपुर नगरपालिकाको वडानम्बर १ र ४ मा डेंगु रोगको संक्रमण देखिएको छ ।

चुरेसँग जोडिएको बाग्मती नदी किनारको पौराई सुकुम्बासी बस्तीमा डेंगु रोकको बिरामीको संख्या समेत बढेको छ ।

दुई साता अघिबाट बस्तीमा डेंगुको बिरामीहरु देखिन थालेका थिए । ज्वरो आउने, वाकवाक लाग्ने, टाउकोको पछाडिको भाग तथा आखाँको गेडी दुख्ने लक्षण भएका दुई दर्जन भन्दा बढी बिरामी देखा परेका छन् ।

सुकुम्बासी बस्तीका अतिविपन्न परिवारमा डेंगुको संक्रमणका कारण सो क्षेत्रमा महामारी फैलिन सक्ने भन्दै स्थानीय चिन्तित बनेका छन् ।

घरघरमा बिरामी भएपनि जाँच नभएका कारण संख्या एकिन हुन नसकेको स्थानीय मेडिकल संचालक रामबाबु चौधरीले बताए ।

चौधरी स्वम र परिवार नै डेंगु संक्रमणमा परेपछि टेकुबाट उपचार गराएर फर्किएका हुन् ।

पौराई टोलका ६ जनाले रगत परीक्षण गराउदा डेंगु रोग प्रमाणित भएको उनले बताए ।

उपचार पछि सोभता श्रेष्ठ, रामबाबु चौधरी, हरिममाया मगर लगायत ६ जना घर फर्किए पनि उपचार अभावमा गाउँमा थुप्रै बिरामी रहेका छन ।

डेंगु सक्रमित केही स्थानीयवासीहरुले भरतपुर तथा काठमाडौमा उपचार गराइरहे पनि आर्थिक अभावका कारण घरमै रहेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयलाई रोगका बारेमा जानकारी गराए पनि कुनै पहल नगरेको वडाअध्यक्ष बिरु रखालले बताए । २५ जना भन्दा बढी बिरामी अझै पनि गाउँमै रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment