Comments Add Comment

सगरमाथा चढ्ने तयारीमा रहेको महिला पत्रकार टोलीलाई राष्ट्रपतिको शुभकामना

२६ कात्तिक, काठमाडौं । समानताका लागि बुलन्द आवाज भन्ने नाराका साथ सगरमाथा आरोहण गर्ने तयारीमा रहेका नेपाली महिला पत्रकारहरुको टोलीलाई राष्ट्रपति बिद्यादेवी भण्डारीले शुभकामना दिएकी छन् ।

नेपालका बिभिन्न पाँच सञ्चार संस्थामा कार्यरत पाँच नेपाली पत्रकारहरु ‘प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८’ रुपमा सगरमाथा आरोहणको अभियानमा छन् ।

टोलीसँगको भेटमा राष्ट्रपति भण्डारीले नेपाली नागरिक, महिला तथा पत्रकारको हैसियतले पेचिलो सामाजिक जिम्मेवारीको वोध गर्दै ६४ वर्षको सगरमाथा आरोहणको इतिहासमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरिन् ।

प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ को टोलीमा राष्ट्रिय समाचार समितिकी रोशा बस्नेत, न्यूज २४ टेलिभिजनकी पि्रयालक्ष्मी कार्की, नेपाल टेलिभिजनकी रोजिता बुद्धाचार्य, मेधा टेलिभिजनकी कल्पना महजर्जन र स्वतन्त्र पत्रकार देउराली चाम्लिङ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment