+
+

अंग्रेजी नयाँ वर्षको स्वागतार्थ पोखरामा सडक महोत्सव हुने

सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
२०७४ कात्तिक २६ गते १८:२९

२६ कात्तिक, पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेबान) पोखराको आयोजनामा अंग्रेजी नयाँ वर्षको स्वागतार्थ १९औं सडक महोत्सव हुने भएको छ ।

‘सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं’ भन्ने नाराका साथ हुने महोत्सव आगामी पुष १३ गतेदेखि १७ गतेसम्म अर्थात २८ डिसेम्बर २०१७ बाट १ जनवरी २०१८ सम्म हुने रेबान पोखराले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

पोखराको सहीदचोकदेखि खहरे-डिहिकोपाटनसम्मको करीब ३ किलोमिटर क्षेत्रमा महोत्सव सञ्चालन गरिने महोत्सव संयोजक तथा रेबान पोखराका अध्यक्ष चौबहादुर गुरुङले जानकारी दिए ।

पर्यटकीय नगरी पोखराको मुटु लेकसाइडमा व्यवसायीक हक, हितको संरक्षण तथा संबर्द्धन गरी पोखरामा पर्यटन क्षेत्रको विकास गर्दै पोखरालाई अंग्रेजी नयाँ वर्षको गन्तव्य स्थलको रुपमा बिकास गर्ने मूल लक्ष्यसहित महोत्सव आयोजना गर्दै आएको उनले बताए ।

महोत्सवको अवसरमा पोखराका विभिन्न आमा समूह, भजन समूहलगायतकाहरुको झाँकी प्रदर्शन तथा प्रतियोगिता आयोजना गरिने, पोखरा सेरोफेरोका जातजातिको सांस्कृतिक प्रदर्शन र पोखार बाहिरबाट ल्याइएका सांस्कृतिक कार्यक्रमसमेत गरिने संयोजक गुरुङले बताए ।

महोत्सवको अवसरमा पार्क भित्र वाल उद्यान, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कलाकारबाट लोकदोहोरी गीत प्रस्तुती, हास्यब्यंग्य प्रदर्शन र आकर्षक नृत्यहरु रहने उनले जानकारी दिए । त्यस्तै, महोत्सवमा हरेक दिन राष्ट्रिय तथा ख्यातीप्राप्त कलाकारहरुको लाइभ कन्सर्ट पनि आयोजना गरिने उनले बताए ।

महोत्सवको अवसरमा रेष्टुरेण्टमा कार्यरत कर्मचारीबीच दौड र वाटर रेस प्रतियोगिता, संघसंस्थाबिच विविध खेल प्रतिष्पर्धा, साहसिक र मनोरञ्जनात्मक गतिविधिबारे बृत्तचित्र एवम् फोटो प्रदर्शनीलगायतका कार्यक्रम समावेश गरिने संयोजक गुरुङले जनाए ।

महोत्सवका लागि विदेशबाट पनि पर्यटक आउने आयोजकले जनाएको छ । महोत्सवमा जर्मन, फ्रान्सलगायतका देशबाट आउने जानकारी आएको रेबानका पूर्व अध्यक्ष तथा सल्लाहकार गोपीबहादुर भट्टराईले जानकारी दिए । उनका अनुसार छिमेकी देश भारतबाट पनि महोत्सवको अवसरमा पोखरा आउने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?