+
+

जनकपुरको राराब क्याम्पसमा तालाबन्दी

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक २७ गते १०:५५


२७ कात्तिक, धनुषा । क्याम्पस प्रशासनले पठन–पाठनमा ध्यान नदिएको आरोप लगाउँदै स्थानीय रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका विद्यार्थीले क्याम्पसमा तालाबन्दी गरेका छन ।

क्याम्पस प्रमुख र कर्मचारीबीचको विवादको कारण क्याम्पसको पठनपाठन केही समयदेखि प्रभावित हुँदै आइरहेको छ ।

पठनपाठनमा क्याम्पस प्रशासनले ध्यान नदिएपछि सोमबार बिहान बीबीएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसको मूल ढोकामा ताला लगाएका हुन् ।
विद्यार्थी आशिष मिश्राले आफूले पटक पटक क्याम्पस प्रमुखलाई वार्ताको लागि गरेको आग्रहमा अटेरी गरेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?