Comments Add Comment

चन्द्रागिरी गोल्डकप फुटबल भोलिदेखि

२७ कात्तिक, काठमाडौं । ए डिभिजनका टोलीहरु सम्मिलित चन्द्रागिरी गोल्डकप नकआउट फुटबल प्रतियोगिता भोलिदेखि सुरु हुँदैछ ।

प्रतियोगितामा काठमाडौंका ७ ए डिभिजन क्लव र आयोजकको टिम गरी ८ टोलीले सहभागिता जनाउनेछन् ।

प्रतियोगिताको आयोजना नैकापको ब्राइट युथ क्लवले गर्न लागेको हो । क्लवका अध्यक्ष रमेश बुढाथोकीका अनुसार काठमाडौंमा ए डिभिजनका टोलीहरु समावेश गरी निजी स्तरबाट आयोजना भएको पहिलो नकआउट प्रतियोगिता हो ।

प्रतियोगितामा तीन बिभागीय टोलीहरु नेपाल पुलिस, सशस्त्र प्रहरीको एपिएफ र नेपाली सेना लगायत जावलाखेल युथ क्लव, हिमालयन शेर्पा र फ्रेण्डस् क्लव र आयोजकको टोली सहभागी छन् ।

प्रतियोगिताको उदघाटन खेलमा मंगलबार हिमालयन शेर्पा र आयोजक टोलीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका सबै खेल नैकाप फुटबल मैदानमा हुनेछ ।

प्रतियोगिताको बिजेताले ५ लाख र उपबिजेताले २ लाख ५० हजार पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडी र सर्बाधिक गोलकर्ताले जनही ३० हजार र हरेक खेलको म्यान अफ द म्याचले ३ हजार पुरस्कार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment