बुधबार, ६ मंसिर, २०७४
OnlineKhabar.com

कंगोमा रेल दुर्घटनामा ३४ जनाको मृत्यु

रासस/सिन्ह्वा

फाइल तस्वीर

२७ कात्तिक, किन्सासा । दक्षिण पूर्वी कंगोमा आइतबार साँझ भएको एक रेल दुर्घटनामा परी कम्तीमा पनि ३४ जनाको मृत्यु भएको छ ।

गुडिरहेको रेलले लिग छोडेर बाहिर निस्किँदा भएको उक्त दुर्घटनामा परी अरु कम्तीमा पनि २६ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ ।

रेलले लिग छोडेर बाहिरिएपछि बाटोमा गुडिरहेका अरु पनि कैयाँ कारलाई हानेको थियो । मारिनेमा ती कारमा रहेका व्यक्ति पनि परेका छन् ।

दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान थालेको बताइएको छ । कैयौं कारमा आगो लागेको टेलिभिजन दृश्यहरुमा देखाइएको छ ।

२०७४ कार्तिक २७ गते १३:५१ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this