Comments Add Comment

चुनाव बहिस्कार गर्ने मुसहर समुदायको चेतावनी

राष्ट्रियसभामा प्रतिनिधित्वको माग

२८ कात्तिक, वीरगञ्ज । मुसहर समुदायले राष्ट्रिय सभामा मुसहर समुदायलाई जनसंख्याको आधारमा सम्मानजनक प्रतिनिधित्व गराउन माग गरेका छन् । अन्यथा आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचन बहिस्कार गर्ने मुसहर समुदायका अगुवाले चेतावनी दिएका छन् ।

नेपालमा दलितहरुको छाता संगठनले समेत मुसहर समुदायलाई ‘महादलित’को संज्ञा दिँदै आएको छ । देशभर १२ लाख मुसहर समुदाय रहेको अनुमान गरिएको छ ।

अभियान र संघको पहलमा कात्तिक २५ र २६ गते काठमाडौंमा २४ जिल्लाबाट आएका मुसहर समुदायका अगुवाहरुले भेलाले प्रदेश र प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने मौका गुमेपनि राष्ट्रिय सभामा प्रतिनिधित्व सुनिश्चित हुने अवस्था नआए प्रदेश र प्रतिनिधि सभा निर्वाचन नै बहिस्कार गर्ने निर्णय गरेको छ ।

‘शक्तिहिनको सशक्तिकरणः मुसहर समुदायको समग्र उत्थान अभियान’का संयोजक पचुलाल माझी मुसहरले राजनैतिक सहभागीता र प्रतिनिधित्वमा मुसहर समुदाय लगभग शून्य सहभागिताको अवस्थामा रहेको गुनासो गरे ।

‘देशका राजनितीक दल र नेताहरुले १२ लाखको हाराहारीमा रहेका मुसहर समुदायलाई भोट बैंक मात्रै बनाएका छन्,’ उनले भने, ‘प्रदेश र प्रतिनीधि सभामा प्रत्यक्षमा मात्रै होइन समानुपातिकमा पनि ठाउँ दिएका छैनन् । अब राष्ट्रिय सभामा प्रतिनिधित्वको सुनिश्चितता हुनुपर्छ ।’

नेपाल राष्ट्रिय मुसहर संघको अध्यक्ष चन्देश्वर सदाले दलहरुले देशलाई समृद्ध बनाउँछौं र पीडित उत्पीडित समुदायको जीवनलाई सम्मानित बनाउँछौ भन्ने झुटा आशा मात्रै बाँड्ने गरेको आरोप लगाए । उनले देशभरिका मुसहर समुदायका मतदाताहरुलाई एकजुट गराएर मतदान बहिस्कार गर्न लगाउने चेतावनी दिए ।

मुसहर समुदायको क्षेत्रमा काम गर्दै आएको संस्था भोरका अध्यक्ष राजकुमार महतोले मुसहर समुदायलाई राज्य तथा प्रमुख दलहरुले बेवास्ता गर्दै मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नबनाएको बताए ।

उनले भने, ‘राज्यले मुसहर समूदायलाई सधैं अधिकारबाट बञ्चित गराउँदै आएको छ, यो समुदायमा अहिले चरम शोषण भएको छ, उनीहरु भोट बैंकको रुपमा सधैं प्रयोग हुने गरेका छन् ।’

महतोले प्रत्यक्षतर्फ यो समूदायका कसैलाई पनि अवसर नदिइएको बताउँदै समानुपातिकतर्फ समेत बेवास्ता गरिएकोमा चिन्ता व्यक्त गरे । उनले भने, ‘उम्मेदवारको लिष्ट हेर्दा समानुपातिकमा समेत एउटा पनि मुसहरको नाम परेको देखिएको छैन । यो अत्यन्तै दुःखदायी कुरा हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment