Comments Add Comment

कर फर्स्योट आयोगका अध्यक्ष र सदस्यद्वारा अदालतमा वयान, चुणामणिले अझै टेरेनन्

 

३० कात्तिक, काठमाडौं । तत्कालिन कर फस्र्योट आयोगका दुई पदाधिकारीको अदालतमा वयान सुरु भएको छ । बिहीवार आयोगका अध्यक्ष लुम्बध्वज महत र अर्का एक सदस्य उमेशप्रसाद ढकालले अदालतमा वयान दिएका छन् ।

अदालतका प्रवक्ता नागेन्द्रकेशरी पोखरेलका अनुसार उनीहरूको वयान भोलि पनि जारी रहनेछ । वयान सकिएपछि उनीहरूविरुद्ध थुनछेक आदेश हुनेछ । हाल उनीहरू न्यायीक हिरासतमा छन् ।

लामो समयपछि फरार रहेका दुवै पदाधिकारी हिजो (बुधवार) अदालतमा उपस्थित भएका थिए ।

आयोगका अर्का सदस्य चुडामणि शर्मा भने वयानका लागि अझै उपस्थित भएका छैनन् । अदालतमा वयानका लागि उपस्थित हुन गत सातामात्रै अख्तियारले उनको घरमा म्याद तामेल गरेको छ ।

आयोगमार्फत अनियमित ढंगले कर मिनाहा दिएको भन्दै अख्तियारले आयोगका तीनैजना विरुद्ध १० अर्ब रुपैयाँ बिगो माग दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अनियमित ढंगले कर मिनाहा दिइएको अभियोगमा अख्तियारले गत १९ जेठमा आयोगका सदस्य तथा आन्तरिक राजश्व विभागका तत्कालिल महानिर्देशक शर्मालाई नियन्त्रणमा लिएको थियो । तर, आयोगका अध्यक्ष महत र ढकाल भने त्यसयता नै फरार हुँदै आएका थिए । फरार भएपछि उनीहरूलाई पक्रन गत ८ असारमा अख्तियारले सार्वजनिक सूचना नै जारी गरेको थियो ।

अख्तियारको नियन्त्रणमा रहेको शर्मालाई बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले साउन अन्तिम साता साधारण तारेकमा छाड्न आदेश दिएको थियो ।

महालेखा परीक्षकको ५४औं प्रतिवेदनले ०७१ सालमा गठन भएको कर फस्र्योट आयोगमार्फत अनियमित ढंगले कर मिनाहा दिई राज्यलाई करीव २१ अर्ब नोक्सानी पुर्‍याएको उल्लेख गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment