
१ मंसिर, काठमाडौं । कांग्रेस नेता डा. रामशरण महतको चुनाव प्रचार टोलीलाई लक्षित गरी नुवाकोटमा वम विष्फोट भएको छ ।
त्यहाँको ककनी–५, काउलेथामा बम विष्फोट भएको हो ।
ककनी गाउँपालिकाबाट चतुरालेतर्फ जाँदै गर्दा भएको विष्फोटको छर्रा लाग्दा ३ जना कांग्रेस कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ ।
घटनाको लगत्तै सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । महत नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका उम्मेदवार हुन् ।
कार्यकर्ता चढेको जीप ध्वस्त
बम आक्रमणबाट कांग्रेस कार्यकर्ता चढेको जीप ध्वस्त भएको छ । घटनामा चार जना घाइते भएका छन् ।
घाइते हुने कांग्रेस कार्यकर्ताहरुमा उपेन्द्र मिश्र, सबिन लामा, यशकुमार तामाङ र लीला घर्ती मगर छन् ।
यो पनि पढ्नुस्
उम्मेदवार लक्षित शृंखलाबद्ध बम आक्रमणः ७ दिनमा ६ नेता निशानामा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4