Comments Add Comment

बाला चतुर्दशीको अवसरमा गुल्मीमा मेला

१ मंसिर गुल्मी । बाला चतुर्दशीको अवसरको गुल्मीको शान्तिपुरमा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि मेला सुरु भएको छ ।

जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ शान्तिपुरमा पर्ने मन्दिरमा बाला चर्तुदशी सतबिज छर्ने पर्वको अवसरमा यस क्षेत्रको चर्चित एवंम धार्मिकरुपले पनि लोकप्रिय मानिदै आएको मेलामा बिबिध कार्यक्रहरु हुने गर्दछ ।

हिन्दू धर्म अनुसार बाला चतुर्दशीको अबसरमा सतबिज छर्नाले पुन्यलाभ हुने जनबिश्वास रहिआएकोले यस क्षेत्रमान बिगत सयौ वर्ष पहिले देखिनै पूजा शुक्रबार हुँदै आएको स्थानीयवासी बताउँछन् । धार्मिक रुपले पनि निकै महत्वपूर्ण मानिएको यस क्षेत्रको यो पर्व तथा मेलामा नायिका तथा चर्तित राष्ट्रिय कलाकारहरु आउने भए सगै मेलाको थप आकर्षण वढ्ने आयोजकले जनाएको छ ।

यस क्षेत्रमा धेरै वर्ष पहिलेदेखि पूजासहित स्थानीय स्तरको बिबिध धार्मिक झाँकी,भजन कृतन बिभिन्न संस्कृतिक कार्यक्रम हुँदै आएको थियो ।

पछिल्लो समय यता मेलालाई थप व्यावस्थित गर्नको लागि राष्ट्रियस्तरका कलाकारहरुको सहभागितामा बिबिध संस्कृतिक कार्यक्रम हुँदै आएको उदय शान्ति युवा क्लव शान्तिपुरका अध्यक्ष यादवमान श्रेष्ठले जानकारी दिए ।

चक्रेश्वरमेलामा जिल्लाका बिभिन्न ठाउँसहित बाग्लुङ्ग, पाल्पा,वुटवलसम्मका तीर्थालुले अबलोकन गर्न आउने गर्दछन् । “चन्द्रकोट क्षेत्रको सान चक्रेश्वर मेला हाम्रो पहिचाहन” भन्ने नाराका साथ यही मंसिर १ र २ गते बिबिध साँस्कृतिक कार्यक्रहरु हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment