+
+

भारतीय कम्पनीले भन्यो- बुढीगण्डकी बनाउन टेन्डर हाल्छु

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर ३ गते ८:३१

३ मंसिर, नयाँदिल्ली । भारतीय पावर कम्पनी एनएचपीसीले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणमा चासो देखाएको छ ।

प्रचण्ड नेतृत्वको सरकारले चाइना गेजुवा ग्रुपलाई निर्माणको जिम्मा दिए पनि शेरबहादुर देउवा नेतृत्वको हालको सरकारले सम्झौता खारेज गरेको छ ।

अब सो आयोजना निर्माणका लागि टेण्डर हाल्ने एनएचपीसीका अध्यक्ष बलराज जोशीले रोयटर्सलाई बताएका छन् । आयोजनाको प्राविधिक र आर्थिक पक्षको विषयमा भने अहिले नै कुरा गर्नु हतार हुने उनले बताए ।

चुनाव नजिकिएकाले तत्काल बुढीगण्डकी आयोजना निर्माणको जिम्मा नेपाल सरकारले कुनै कम्पनीलाई दिने सम्भावना भने कम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?