+
+

५ वर्षमा रुपन्देहीलाई नमुना जिल्ला बनाउँछुः दीपक बोहोरा

सलमान खान सलमान खान
२०७४ मंसिर ३ गते १८:४०

३ मंसिर, भैरहवा । स्वास्थ्यमन्त्री एवं राप्रपा प्रजातान्त्रिकका वरिष्ठ उपाध्यक्ष दीपक बोहोराले अगामी ५ वर्षमा रुपन्देही जिल्लालाई मुलुककै नमुना जिल्ला बनाउने उदघोष गरेका छन् ।

उनले रुपन्देहीमा अहिले पनि विकास निर्माणका काम धेरै भइसकेको र वाँकी रहेका काम पनि छिट्टै सम्पन्न गर्ने प्रदिवद्घता व्यक्त गरे ।

आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका घनश्याम भुसालले यस क्षेत्रमा एउटा पनि काम नगरेको आरोप उनले आरोप लगाए ।

लोकतान्त्रिक गठबन्धनवाट रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उम्मेदवार समेत रहेका नेता वोहोराले ५ वर्षमा रुपन्देही जिल्लालाई नमुना वनाउने योजना आफुसँग भएकाले लोकतान्त्रिक गठवन्धनलाई विजयी वनाउन आग्रह गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?