+
+

लुम्बिनीलाई स्मार्ट सिटी बनाउँछुः भरत साह

सलमान खान सलमान खान
२०७४ मंसिर ३ गते १६:३९

३ मंसिर, भैरहवा । रुपन्देही निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभाका उम्मेदवार कांग्रेस नेता भरतकुमार साहले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई स्मार्ट शहरका रुपमा विकास गर्ने आफ्नो योजना रहेको बताएका छन् ।

मायादेवी गाउँपालिकाको धमौलीमा पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले लुम्बिनीको विकास भए स्वतः यस क्षेत्रको विकास हुने भन्दै आफू निर्वाचित भएपछि आफ्नो ध्यान लुम्विनीको विकासमा जाने बताए ।

पूर्व राज्यमन्त्रीसमेत रहेका उनले भने, ‘विश्वका बुद्धिष्टहरुको केन्द्र लुम्बिनीलाई धार्मिक, ऐतिहासिक, पर्यटकीय दृष्टिकोणले विकास गर्दै लैजान सके जिल्लाको नै विकास हुन्छ ।’

उनले क्षेत्र नं. ५ नेपालकै सम्भावनायुक्त क्षेत्र भएको बताउँदै यहाँको कृषि क्षेत्रको विकासका लागि बाटो, पुल, कल्भर्ट र सिंचाईका लागि आफूले कार्य गरेरै छाड्ने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?