+
+
Shares

रामेछापको बेथान दंगाग्रस्त क्षेत्र घोषणा

नवराज पथिक नवराज पथिक
२०७४ मंसिर ४ गते ११:२५

४  मंसिर रामेछाप । रामेछापको सुनापति गाउँपालिकाको वडा नं ४ को बेथानलाई स्थानीय प्रशसनले दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले सोमबार सूचना प्रकाशित गरी ४ नम्बर वडामा मंगलबारबाट लागू हुने गरी दंगाग्रस्त क्षेत्र घोषणा गरेको हो ।

मंगलबार वाम गठबन्धनले आयोजना गर्न लागेको चुनावी आमसभामा जुलुस भीड वा संठित समूहबीच हिंसात्मक गतिविधि हुने सम्भावना देखिएकोले दंगाग्रस्त क्षेत्र घोषणा गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रशासनले त्यस क्षेत्रमा पनि चुनावी कार्यक्रम नगर्न नगराउन पनि राजनीतिक दलहरुको नाममा आदेश जारी गरेको छ ।

बेथानमा मंगलबार बाम गठबन्धनले वृहत जनसभा गर्ने पूर्वनिर्धारित कार्यक्रम छ । यसअघि माओवादी केन्द्रको राम्रो प्रभाव मानिएको वेथानमा वामपन्थीहरुको पकड तोडेको कांग्रेसले दावी गर्दै आएको छ । बेथान त्यही थलो हो जहाँ माओवादीले पहिलो पटक प्रहरी चौकीमाथि आक्रमण गरेको थियो ।

प्रशासनले दंगा ग्रस्त क्षेत्र घोषणा गरेपछि वाम गठबन्धनको मंगलबार गर्ने भनिएको चुनावी सभा अन्योलमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?