+
+
Shares

तीन सीडीओसहित ६ कर्मचारी सरुवामा आयोगले दिएन सहमति

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर ७ गते १२:५७

निर्वाचन आयोगले तीन प्रमुख जिल्ला अधिकारीसहित ६ कर्मचारीको काज सरुवामा सहमति नदिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले रा.प. द्वितीय श्रेणीका छ जना कर्मचारीको काज सरुवा गरी आयोगको सहमतिका लागि पत्र पठाएको थियो ।

तर, आयोगले सरुवामा सहमति नदिने निर्णय गरेको छ । साथै आयोगले पत्र पाएको २४ घण्टाभित्र सक्कलै फाइल उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयले काज सरुवा गरेका छ कर्मचारीमध्ये तीनजना कर्मचारी प्रमुख जिल्ला अधिकारी (सीडीओ) छन् ।

आसन्न प्रदेश र प्रतिनिधिसभा चुनावका लागि भदौ १४ गते बाटै निर्वाचन आचार संहिता लागू भइसकेको छ । आचारसंहिता लागू भएको अवधिमा निर्वाचन आयोगको सहमति नलिई सरुवा गर्न वा काज खटाउन नमिल्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?