Comments Add Comment

कात्तिकमा वीरगञ्जबाट लक्ष्यभन्दा ४ प्रतिशत कम राजश्व संकलन


७ मंसिर, काठमाडौं । वीरगञ्ज भन्सार कार्यालय कात्तिक महिनामा भन्सार विभागले दिएको लक्ष्य अनुसारको राजश्व असुल गर्न असफल भएको छ । कार्यालयले विभागले दिएको लक्ष्य भन्दा झण्डै ४ प्रतिशत कम राजश्व संकलन गरेको हो ।

कार्यालयले १० अर्ब ७५ करोड १३ लाख ९४ हजार लक्ष्य पाएकोमा लक्ष्यको ९६.६५ प्रतिशत अर्थात १० अर्ब ३९ करोड, १४ लाख ५ हजार रुपैयाँ मात्रै राजश्व संकलन गरेको हो ।

भन्सार कर तर्फ ३ अर्ब ८६ करोड ३१ लाख १६ हजार, मुल्य अभिवृद्धि कर तर्फ ३ अर्ब ९२ करोड २७ लाख ७३ हजार, अन्त शुल्क तर्फ १ अर्ब ८८ करोड, १२ लाख ४७ हजार, पूर्वाधार कर तर्फ ५० करोड ९४लाख ९५ हजार र अन्य मालबस्तुबाट २१ करोड ४७ लाख ७४ हजार राजश्व संकलन भएको छ ।

कार्यालयले दिएको तथ्याङक अनुसार अन्त शुल्कमा लक्ष्यभन्दा २८ प्रतिशत बढी राजश्व संकलन भएपनि अन्य कर लक्ष्य भन्दा १५ प्रतिशत नै कम संकलन भएका छन् ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत सन्तोष यादवले चाडवाड परेकोले भन्सार कार्यालय बन्द भएका लक्ष्य भेट्टाउन मुश्किल परेको बताए ।


‘एक त विभागले यसवर्ष अघिल्लो आर्थिक वर्षको तुलनामा ३४ प्रतिशत बढी राजश्व संकलनको लक्ष्य दिएको छ । त्यस अनुसार कारोबार भईरेको छैन,’ सूचना अधिकारी यादवले भने,’ कात्तिक महिनाको शुरुमै ३/४ दिन तिहार लगायत चाडका कारण कार्यालय बन्द भयो । त्यसैले लक्ष्य अनुसार राजश्व उठ्न सकेन । अरु कुनै त्यस्तो विशेष कारण छैन् ।’

गत आर्थिक वर्ष ७३/७४ को कात्तिक महिनामा कार्यालयले लक्ष्य भन्दा ८ प्रतिशत बढी राजश्व संकलन गरेको थियो । कार्यालयले ९ अर्ब ७ करोड २६ लाख ९० हजार रुपैयाँ संकलन गर्ने लक्ष्य पाएकोमा ९ अर्ब ८० करोड २९ लाख ६३ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो ।

१ प्रतिशत बढी राजश्व

चालु आथिक वर्षको ४ महिनामा भने कार्यालयले लक्ष्य भन्दा १.५८ प्रतिशत बढी राजश्व संकलन गर्न सफल भएको छ ।

भन्सार विभागले चालु आर्थिक वर्षको ४ महिनाका लागि ४० अर्ब ३१ करोड ७७ लाख २८ हजार राजश्व संकलन गर्ने लक्ष्य दिएकोमा कार्यालयले ४० अर्ब ९५ करोड ४७ लाख ४८ हजार रुपैंया राजश्व उठाएको हो ।

कार्यालयले भन्सार करबाट १५ अर्ब ३ करोड ४४ लाख ८६ हजार, मुल्य अभिवृद्धिकर १४ अर्ब ९८ करोड ७० लाख ७४ हजार, अन्त शुल्क ८ अर्ब ५० करोड ९३ लाख ३४ हजार, पूर्वाधार करतर्फ १ अर्ब ६८ करोड २६ लाख ९३ हजार र अन्य तर्फ ७४ करोड ११ लाख ६१ हजार राजश्व संकलन गर्न सफल भएको छ ।


कार्यालयले अघिल्लो आर्थिक वर्ष ०७३/७४ को कात्तिक मसान्तसम्म लक्ष्य भन्दा ७.७८ प्रतिशत बढी राजश्व संकलन गरेको थियो ।

कार्यालयले ३४ अर्ब ३७ करोड २२ लाख ३८ हजार राजश्व संकलन गर्ने लक्ष्य पाएकोमा ३६ अर्ब ९७ करोड ८५ लाख ९१ हजार रुपैंया राजश्व संकलन गरेको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment