Comments Add Comment

अग्नि ग्रुपको कोहोलपुरमा नयाँ क्षेत्रीय कार्यालयको स्थापना

८ मंसिर, काठमाडौं । महिन्द्राका युटिलिटी भेइकल्स तथा ट्राक्टरहरुको लागिअग्नि ग्रुपले आफ्नो क्षेत्रीय शाखा कार्यालय यही मंसिर ७ गतेबाट कोहोलपुरमा शुभारम्भ गरेको छ ।

यो कम्पनीको चौंथो क्षेत्रीय शाखा कार्यालय हो । यस अघि कम्पनीले विरगञ्ज, इटहरी, भैरहवामा जस्ता प्रमुख शहरहरुमा आफ्नो आधिकारिक क्षेत्रीय कार्यालयको स्थापना गरिसकेको छ । हालै प्रस्तुत गरिएको कोहोलपुर कार्यालयको उद्घाटन अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन शर्माले गरेका थिए ।

शाखाको शुभारम्भ पछि पश्चिम क्षेत्रका ग्राहकहरुले सर्वसुलभ एवं सहज तरिकाबाट कम्पनीको गुणस्तरीय सेवा पाउनेछन् ।

कम्पनी केवल सवारी विक्री गर्नतर्फमात्र केन्दि्रत नभई ग्राहमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टहरुको सर्वसुलभ तातर्फ पनि विशेष ध्यान केन्दि्र्रत रहेको अर्जुन शर्माले उल्लेख गरे ।

साथै चाहिएको वेला सर्वसुलभ तरिकाबाट समयमै ग्राहकरुलाई स्पेयरपार्टहरु उपलब्ध गराई ग्राहकलाई सन्तुष्टी दिनु कम्पनीको प्रमुख उद्देश्य रहदैं आएको जानकारी दिए ।

साथै कम्पनी र ग्राहकबीचको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास पनि उनले व्यक्त गरे । हालै सञ्चालनमा ल्याइएको क्षेत्रीय कार्यालयले अग्निका डिलरहरुलाई मूलधारमा ल्याई गुणस्तरीय सेवाको साथ छुट्टै अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment